शुक्रबार, ०५ मंसिर २०८२

पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, ११ जना घाइते


सांकेतिक तस्बिर

तानसेन (पाल्पा)। विद्यार्थी बोकेको बस आज बिहान यहाँ दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ। उनीहरुको अवस्था सामान्य छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ