शुक्रबार, २९ चैत २०८१

तीर्थाटनमा बालेन


काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह तीर्थाटनमा छन् । बिहीबार काभ्रेको एक रिसोर्टमा १ घन्टा बसेका बालेन शुक्रबार दोलखको कालिन्चोक पुगेका छन् । आफ्नो टिमसहित कालिन्चोक मन्दिर पुगेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

उपमेयर सुनिता डंगोलसहित बहुमत जनप्रतिनिधी र कर्मचारीले बालेनले कार्वाही गरेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई एक सय तीन दिनपछि कार्यालयमा हाँजिर गराउदा बालेन उपस्थित थिएनन् । महानगरप्रहरी प्रमुख राजु पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाउन मौखिक आदेश दिएर निस्किएका बालेन शुक्रबार काभ्रेको रिसोर्ट पुगेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ