मङ्गलबार, २३ पुस २०८१

बारमा लाेकतान्त्रिक समुह विजयी, एमाले सून्य


काठमाडौं, २१ पुस । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा लोकतान्त्रिक समूह विजयी भएको छ । 

अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । उनले ३६८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१ मत ल्याए । अध्यक्षका प्रतिस्पर्धी प्रेमसिंह धामीले १५ मत ल्याएका थिए ।

उपाध्यक्षमा ३४६ मत सहित अम्बर बहादुर राउत निर्वाचित भए । उनका प्रतिस्पर्धी भिष्मराज कडरियाले १७३ मत ल्याए । बरिष्ठ अधिवक्ता उत्तम बहादुर श्रेष्ठले २५ मत पाएका थिए ।

सर्वोच्च बारको सचिवमा रमण कुमार कर्ण निर्वाचित भएका छन् । उनले ३३९ मत ल्याए । उनका प्रतिस्पर्धी प्रभाकर श्रेष्ठले २०५ मत ल्याए । सहसचिवमा पुन्देवी महर्जन निर्वाचित भएकी छन् । उनले ३३७ मत पाइन् भने प्रतिस्पर्धी श्रुति कुमारी रेग्मीले २१६ मत पाइन् । कोषाध्यक्षमा ३४० मत सहित रामचन्द्र पौडेल निर्वाचित भए । अनन्तराज लुईटेलले २०७ मत पाएका थिए ।

महिला सदस्यमा शशी बस्नेत ३१७ मत सहित निर्वाचित भइन् । उनकी प्रतिस्पर्धी सुधा धितालले २०८ मत पाएकी थिइन् । सदस्यहरूमा दुर्गा मोहन श्रेष्ठ (३५४मत), इन्द्र शेखर खड्का(३१५), प्रदिप कुमार श्रेष्ठ (३१७), नागेश्वर प्रसाद चौधरी (२८०), निर्मल कुमार उपाध्याय (३२५), ओमकृष्ण श्रेष्ठ (२७९), प्रदिप कुमार राजवंशी (३१४) र सतिशराज मैनाली (२७२ मत) सहित निर्वाचित भए ।

बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन भएको थियो । सर्वोच्च अदालत बारमा नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) ले संयुक्त प्यानल बनाएका थिए।

फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन्। उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ