- असार ०७, २०८०
फाइल तस्विर
काठमाडौं । बीपी राजमार्ग १५ दिनका लागि साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ ।
काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको बैठकले बर्खामा बाढीपहिरोको जोखिम रहेको भन्दै शुक्रबारदेखि रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माका अनुसार काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्ड विशेष रूपमा जोखिमपूर्ण मानिएकाले यस्तो निर्णय गरिएको हो ।
काठमाडौंबाट बाहिरिने सवारीलाई काभ्रे भञ्ज्याङ र काठमाडौंतर्फ जाने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोक्ने व्यवस्था गरिने उनले जानकारी दिए
यात्रुलाई वैकल्पिक व्यवस्था र समय व्यवस्थापन गर्न सुरक्षा निकायले आग्रह गरेका छन्।
असोजको बाढीपहिरोले यो राजमार्गमा क्षति पुर्याएकाे छ । यसपाली आएकाे बाढीले पनि ठाउँ ठाउँमा असर पुर्याएकाे छ ।
टिप्पणीहरू: