- असार ०६, २०८०
किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै ज्यान गएको छ।
चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए।
आइतबार साँझ ५ः३० बजे चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए।
जिप दुर्घटनामा परेर चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक मैनालीले बताए।
गम्भीर घाइते चैनपुर–१ सिङरिङ्का निमदोर्चि, भीम बहादुर र पाँचथरको फिदिमका दीपेशलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।
घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
टिप्पणीहरू: