- असार ०७, २०८०
काठमाडौं। बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर भएका छन्।
जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले माघ १० गते राईलाई दोषी ठहर गरेको हाे।
उनीमाथि आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोप छ।
अदालत प्रशासनका अनुसार राईकाे सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको छ। राईलाई तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने छ।
टिप्पणीहरू: