सोमबार, ०८ पुस २०८१

बालुवाटारमा ओली, देउवा र प्रचण्डकाे भेट


काठमाडौं, २७ भदाै ।  प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको भेटघाट भएकाे छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयलेले संवैधानिक परिषद बैठक अगाडि तीन नेताबीच समझदारी जुटाउन प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेको जनाएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने प्रस्ताव गरेका छन् । भाेली सम्भव नभए  पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा  सिफारिस गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ