शनिबार, ३० चैत २०८१

बालेनले भने- प्रधानमन्त्रीज्यू, नेपाली भएर बाँच्न दिनुस्


काठमाडौं । १० घन्टा अगाडि अमेरिका अल्छीहरुको देश भनेर टिप्पणी गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली भएर बाँच्ने आधार दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘प्यारो प्रधानमन्त्री ज्यु अमेरिकाले भ्रष्ट भनिसक्यो, इण्डियाले भिखारी भनिसक्यो, चिनले मान्छे गन्दैन मलाई मेयर हो भनेर बिर्सिनुस् । नेपाली भएर बाँच्ने आधार त दिनुस् ।

बालेनदेखि असन्तुष्ट प्रधानमन्त्री ओलीले बेला बेलामा सार्वजनिक मञ्चहरुमा बालेनको आलोचना गर्दै आएका छन् । मेयर शाह पनि बेला बेलामा प्रधानमन्त्री बिरुद्ध कडा टिप्पणी गर्छन् । एमसीसीका सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपालमा करप्सन हुने भन्दै आयोजना रोक्नु पर्ने बताएका थिए भने । प्रकृति लम्सालको शंकास्पद मृत्यु भएपछि घटनाको छानबिन गर्नुपर्ने माग गरेका नेपाली विद्यार्थीमाथी दमनमा उत्रिएका केआईआइटी कलेजका शिक्षकहरुले नेपालीलाई भिखारी भनेर टिप्पणी गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ