सोमबार, ०८ पुस २०८१

बलेन अघि अघि, प्रधानमन्त्री ओली पछि पछि


काठमाडौं, १५ कार्तिक । साफ महिला च्याम्पियनसिप फूटबल खेल सुरु हुनु भन्दा केही समय अघि काठमाडौं महानगरपालिका बालेन शाहले सामाजिक सञ्जाल फेशबुकमा लेखे ‘नेपाली महिला फुटबल टोलिलाई धेरै धेरै सुभकामना जितको लागि । टिकट पाउनु हुने महानुभाबहरु रंगशालामा गएर समर्थन गर्नु होला, काठमाडौमा हुने टिकट नपाउनेहरु हामीले टुडिखेल, सानो गौचरण तथा चाबहिल मा देखाउने ब्यबस्था गरेको छौ, नजिक हुनेहरु गएर सामुहिकरुपमा नेपालको समर्थन गर्न सक्नु हुनेछ ।’

दशरथ रंगशालामा टिकट नपाउनेहरुका लागि काठमाडौं महानगरपालिकाले उपत्यकाको तीन ठाउँमा फूटबल हेर्ने व्यवस्था मिलाएको थियो ।

रंगशालामा फाइनल खेल सुरु भयो । प्रधानमन्त्री ओली रंगशाला पुगे र भिडियो क्लिप्स सामाजिक सञ्जालमा शेयर गर्दै लेखे । ‘साफ महिला च्याम्पियनसिप फूटबल २०२४, फाइनल खेल । दशरथ रंगशाला काठमाडौँ ।’

खेल सकियो । नेपाल विजेता हुन सकेन बिगतमा झैं उपविजेतामा चित्त बुझाउन बाध्य भयो । नेपाली खेलाडीलाई समर्थन गर्न भन्दै रंगशाला पुगेका दर्शकले नेपालले खेल जित्न नसक्नुको पिडा प्रधानमन्त्री ओलीविरुद्ध व्यक्त गरे । प्रधानमन्त्रीबिरुद्ध नारासमेत लगाए ।

साफ च्याम्पियनसिपमा उपविजेता भए वापत काठमाडौं महानगरपालिकाले नेपाली टोलीलाई २५ लाख नगद दियो । चेक हस्तान्तरणको फोटो शेयर गर्दै बालेनले लेखे ‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ । सधै देशलाई यसरीनै मायाले समात्नु होला  । नेता र राजनितीले टुक्राएको देशलाई  सधै यसरीनै जोड्ने काम गरि राख्नु होला ।’

बालेनको आशय पुराना दलहरुले देश बिगारे भन्ने थियो । त्यसो त एक दिन अघि मात्रै बालेनले सिंहदरबार बैद्यखाना र देशको तुलना गर्दै भनेका थिए । देशको चित्र हेर्ने हो भने सिंहदरबार वैद्यखानालाई हेरे पुग्छ ।’ कुनै समय आयुर्वेदिक औषधि उत्पादनमा अग्रणी मानिने सिंहदरबार बैद्यखाना अहिले आफैं रुघ्ण अवस्थामा छ । राजनीतिक हस्तक्षेपकै कारण उद्योग तहस नहस हुने पुगेको बालेनको आशय थियो ।

संघसरकारप्रति बेला बेलामा खरो रुपमा उत्रने बालेनले कांग्रेस एमाले सहमति हुने बित्तिकै कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली बिरुद्ध कटाक्ष गरेका थिए । 

त्यसो त प्रधानमन्त्री ओली पनि बेला मौकामा बालेनसंग भिड्दै आएका छन् । एमाले कार्यकर्ताले ‘बालेन ओली भिडन्तलाई वाहा’ भने पनि आम सर्वसाधरण ओलीको पक्षमा छैनन् । गिरिबन्धु प्रकरणले गिराएको ओलीको साख मिन बहादुरको जग्गा दान प्रकरणले थप कमजोर बनाएको छ । तर, पनि बोलनसंग भिडेरै तह लगाउने मुडमा छन् उनी ।

लक्ष्मी पूजाको दिन (बिहीबार) बिहान एक जना खेलाडीको फोटो फेशुबकमा पोष्ट गर्दै बालेनले लेखे ‘लक्ष्मी पूजाको शुभकामना हजुरहरुलाई ।’ प्रधानमन्त्री ओलीले पनि बिहीबारै खेलाडीहरुलाई बालुवाटारमा भेटघाटका लागि निम्तो गरेका थिए । खेलाडीसंग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले तिहार लगत्तै पुरस्कार दिने आश्वासन दिए । खेल क्षेत्र र खेलाडीको प्रोत्साहनका लागि कुनै कन्जुस्याई नगर्ने आश्वासन प्रधानमन्त्री ओलीेले दिए । सोही भेटघाटमा सहभागी खेलाडीहरुले राज्यले खेल क्षेत्रलाई नहेरको गुनासो गरेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ