सोमबार, ०२ चैत २०८२

काठमाडौँ– १० मा रास्वपाका विष्ट अगाडि


कीर्तिपुर(काठमाडौँ) ।  त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को मत गणना भइरहेको छ । पछिल्ला मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले फराकिलो अग्रता लिएका छन् । 

हालसम्म गणना भएका   ६ हजार ४२० मतमध्ये विष्टले ४ हजार २३४ प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका हिमाल कार्कीले ८१५ र राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेकाे  निर्वाचन अधिकृत अमृताकुमारी शर्माले राससलाई जानकारी दिए । 

अहिले दक्षिणकाली नगरपालिका क्षेत्रको मत गणना जारी छ ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ