बुधबार, ०३ वैशाख २०८२

विश्वप्रकाश शर्मा भन्छन्– ओली नेतृत्व सरकारको काम समर्थनयोग्य छैन


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पुगेको भनेर टिप्पणी गरेको १२ घन्टापछि अर्का महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको काम समर्थनयोग्य नभएको टिप्पणी गरेका छन् । 

महामन्त्री शर्माले सरकारको ७ कमजोरी औल्याउँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘नगर्नुपर्ने निर्णयमा हतारो, गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैन । मुख्य दुई दल सम्मिलित सरकारको गति सम्तोषजनक भएन । कमजोरी केलाउँ, लय मिलाउँ, गति बढाउँ । सरकार अलमल बाहिर, अनुभूतिमा भेटिनुपर्छ सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ ।’

याे पनि

सरकारको चर्को आलोचना हुन थालेपछि बोलाइयाे उच्चस्तरीय संयन्त्रको बैठक

सरकारले काम नगर्दा कांग्रेसका कार्यकर्ता निराश छन्: गगन थापा

उनले सामाजिक सञ्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धि विधेयक, त्रिविको उपकुलपति प्रकरण, राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रकरण र नेपाल प्रहरीको एआइजी नियुक्तको विषयमा उठाएका छन् ।

सत्ता गठबन्धनबारे विभिन्न टिका टिप्पणी उठेपछि मंगलबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले एक घन्टा छलफल गरेका थिए । आज प्रधानमन्त्री ओलीले उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अभिव्यक्ति दिए लगत्तै सत्ता गठबन्धनका विषयमा विभिन्न शंका उत्पन्न हुन थालेको छ ।




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ