- असार ०६, २०८०
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा सदनमा विराेधमा उभिने र विपक्षमा मतदान गर्ने निर्णय गरेको हाे।
‘सरकारले जारी गरेको अध्यादेशहरूमध्ये "भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश" विभिन्न बहानामा विभिन्न व्यक्तिलाई जग्गाको परिमाणको सीमा तथा क्षेत्र समेत नतोकी बिक्रि वितरण गर्ने वा बाहुन ल्याईएको देखिन्छ। यो अध्यादेशप्रति हाम्रो गम्भीर असहमति र विरोध रहेको छ’, जसपा नेपालले जारी गरेकाे विज्ञप्तिमा भनिएकाे छ।
भूमिसम्बन्धी अध्यादेश दीर्घकालीन रूपमा देश र समग्र राष्ट्रको हित विपरित रहेको उल्लेख गरिएकाे छ।
जसपा नेपालले सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ वटामा भने सरकारलाई समर्थन गर्न र पक्षमा मतदान गर्न सकिने जनाएकाे छ।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश दीर्घकालिन रूपमा देश र समग्र राष्ट्रको हित विपरित रहेको छ। यो अध्यादेशको विरोधमा उभिने र यसको विपक्षमा मतदान गर्ने निर्णय गरिन्छ । यसका अतिरिक्त अन्य ५ वटा अध्यादेशहरुलाई समर्थन गर्न र पक्षमा मतदान गर्न सकिनेछ’, विज्ञप्तिमा उल्लेख छ।
टिप्पणीहरू: