- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रियसभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई सामान्य प्रशासनमन्त्री नियुक्त गरेका हुन्।
घुस डिल प्रकरणमा मुछिएपछि राजकुमार गुप्ताले मंगलबार बिहान प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएका थिए।
गुप्ताले राजीनामा दिएपछि नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ।
‘सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री माननीय श्री राजकुमार गुप्ताले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष राजीनामा दिनुभएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय श्री भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नुभएको छ’, राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा भनिएको छ।
टिप्पणीहरू: