शुक्रबार, २९ चैत २०८१

बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेपछि सरकारी कार्यालय डुबानमा


काठमाडौं। काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुट्दा जलमग्न भएकाे छ ।

बुधबार दिउँसाे बबरमहलको सडकमा रहेको खानेपानीको पाइप फुटेपछि उक्त क्षेत्र जलमग्न भएकाे हाे।


पाइप फुटेर बगेकाे पानीले वन परिसर, विशेष अदालत, जिल्ला अदालतलगायतका सरकारी कार्यालय डुबानमा परेकाे छ।

बबरमहल क्षेत्र जलमग्न भएपछि सवारी साधनकाे आवागमनसमेत प्रभावित भएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ