शुक्रबार, २३ जेठ २०८२

घर– जग्गा कारोबारमा बैंक खाता अनिवार्य


काठमाडौँ ।  सरकारले घर–जग्गा कारोबारमा थप कडाइ गर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले भूमिसुधार तथा मालपोत कार्यालयहरुलाई १४ बुँदे निर्देशन जारी गर्दै घरजग्गाको कारबारलाई बैंकिङ प्रणालीभित्र ल्याउने निर्देशन जारी गरेको हो ।

नेपालमा आतंकवादी तथा गैरकानुनी लगानीलाई निरुत्साहित गर्ने उद्देश्यले जारी भएको सम्पति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को प्रावधानलाई कार्यान्वयनमा ल्याउन घरजग्गा कारोबारमाथि थप कडाइ गरिएको हो । आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा गति हराएको बेला विभागको नितीले व्यवसायी थप मारमा पर्ने भएका छन् । 

विभागबाट जारी भएको निर्देशनअनुुसार अब घर जग्गाको कारोबार सूचीकृत कम्पनीबाट मात्रै गर्नुपर्नेछ । कारोबार गर्दा सम्पूर्ण आर्थिक करोबारलाई बैंकिङ प्रणालीभित्र देखिने गरी विद्युतीय वा चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ । अब घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंकखाताबाट मात्रै कारोबार गर्नुपर्नेछ ।

जग्गा पास गर्दा केवाइसी फारम समावेश गर्नुपर्ने, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यस्तो छ १४ बुँदे निर्देशन
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ