बिहिबार, ०८ माघ २०८२

बंगलादेशले दियाे नामिबियालाई १४५ को लक्ष्य


कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजको खेलमा बङ्गलादेशले नामिबियासामु जितका लागि १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बङ्गलादेशले निरधारित २० ओभरमा सात विकेटको क्षतिमा १४४ रन बनायो । बङ्गलादेशका लागि शोभना मोक्तारीले सर्वाधिक २७ र दिलेरा अख्तरले २५ रन जोडेका छन् । नामिबियाको बलिङमा साइमा दुहादलेनी र सिल्भिया सिहेयोले समान दुई/दुई विकेट लिए भने वाकिया वाटिल र जुलिने डियर गाटले एक/एक विकेट लिएका हुन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ