- असार ०६, २०८०
नयाँ दिल्ली । बंगलादेश फेरि एक पटक चर्चामा छ । देशको अन्तरिम सरकार एउटा महत्वपूर्ण मोडमा पुगेको छ । अन्तरिम सरकार प्रमुख प्रोफेसर मोहम्मद युनुसको राजीनामाको खबरले गति लिइरहेको छ ।
साथै, बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले मोहम्मद युनुसले आतंककारीहरूको सहयोगमा बंगलादेशमा सत्ता कब्जा गरेको आरोप लगाएकी छिन् ।
हसिनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन् ‘जब अमेरिकाले सेन्ट मार्टिन टापु चाह्यो, मेरो बुबा सहमत हुनुभएन । उहाँले आफ्नो ज्यान बलिदान दिनुप¥यो । सत्तामा बस्नकै लागि देश बेच्ने कुरा म कहिल्यै सोच्न सक्दिन । अनि त्यो देश जसका जनताले राष्ट्रपिता बंगबंधु शेख मुजीबुर रहमानको आह्वानमा प्रतिक्रिया जनाए, हतियार उठाए, लडे र ३० लाख मानिसहरूलाई मुक्त गर्न आफ्नो जीवन दिए । त्यो देशको एक इन्च जमिन पनि कसैलाई दिने कसैको मनसाय हुन सक्दैन । तर आज युनुसले बंगलादेश अमेरिकालाई बेचिरहेका छन् ।’
हसिनाले युनुसले आतंककारीहरूको सहयोगमा सरकार चलाएको आरोप पनि लगाइन् ।
पूर्व प्रधानमन्त्री समेत रहेकी हसिनाले भनिन् ‘उनीहरूले आतंककारीहरूको सहयोगमा सत्ता कब्जा गरेका छन्, विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबन्धित व्यक्तिहरूलाई पनि, जसबाट हामीले बंगलादेशका जनतालाई जोगाएका छौं । एउटा आतंकवादी हमलापछि मात्र हामीले कडा कारबाही गर्यौं । धेरै मानिसहरू पक्राउ परे । अब जेलहरू खाली छन् । उहाँले सबैलाई मुक्त गर्नुभयो । अहिले बंगलादेश ती आतंककारीहरूले शासन गरिरहेको छन् ।’
निर्वाचित सरकारले मात्र देशमा राजनीतिक स्थिरता ल्याउन सक्छ : सेना प्रमुख
यसैबीच, सेना प्रमुख जनरल वकार–उज–जमानले पनि स्पष्ट शब्दमा भनेका छन् कि निर्वाचित सरकारले मात्र देशमा राजनीतिक स्थिरता ल्याउन सक्छ ।
उनले यस वर्षको डिसेम्बरसम्ममा आम चुनाव गराउन जोड दिँदै जनताद्वारा निर्वाचित सरकारले मात्र यस्ता निर्णय लिन सक्ने बताए ।
यो सबै यस्तो समयमा भइरहेको छ जब बंगलादेश राष्ट्रवादी पार्टी बीएनपी सडकमा विरोध प्रदर्शन गरिरहेको छ र अन्तरिम सरकारबाट समर्थन फिर्ता लिने संकेत पनि गरेको छ ।
हिन्दुस्तान टाइम्सले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै भनेको छ कि बंगलादेशमा गहिरो राजनीतिक संकटको बीचमा, अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले शनिबार (मे २४) सल्लाहकार परिषद्को आकस्मिक बैठक बोलाएका थिए । यो बैठक पहिले नै तय गरिएको थिएन ।
बैठकमा उनले अन्य दलहरूले सिर्जना गरेको असहयोग र अवरोधका कारण आफ्नो सरकार काम गर्न नसकेकोमा आक्रोश र निराशा व्यक्त गरे ।
उल्लेखनीय छ कि गत वर्ष जुलाईमा एक विशाल आन्दोलनका कारण अवामी लिग सत्ताबाट बाहिरिएपछि, मोहम्मद युनुसको नेतृत्वमा बनेको यो अन्तरिम सरकारलाई त्यो आन्दोलनका नेताहरूका साथै बीएनपी र जमात लगायत धेरै राजनीतिक दलहरू र सेनाका साथै सबै राष्ट्रिय संस्थाहरूले पूर्ण समर्थन गरेका थिए ।
अगस्ट २०२४ मा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि सेनाले बंगलादेशमा सत्ता हातमा लिएको थियो । सेना प्रमुख जनरल वकार–उज–जमानले अन्तरिम सरकारको घोषणा गरे र यसको नेतृत्व नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले गरे ।
तर अब युनुस र सेना प्रमुखबीच कुरा मिलिरहेको छैन भन्ने खबर आइरहेको छ ।
बंगलादेशमा कानून व्यवस्था बिग्रियो, हिन्दूहरूमाथि आक्रमणका घटना पनि बढे
शेख हसिना सरकारलाई सत्ताबाट हटाइएपछि बंगलादेशमा कानून व्यवस्था बिग्रियो र हिन्दूहरूमाथि आक्रमणका घटनाहरू पनि बढेको छ ।
यसका कारण युनुसको आफ्नै बंगलादेश राष्ट्रवादी पार्टी सरकारसँग असन्तुष्ट देखियो । युनुसले सेना प्रमुख जनरल वकारको अनुपस्थितिमा राष्ट्रिय सुरक्षा सल्लाहकार खलिलुर रहमानलाई नियुक्त गरेपछि मामिला झनै बिग्रियो ।
मिडिया रिपोर्टका अनुसार युनुस र सेना प्रमुख जनरल वकारबीच राखाइन करिडोरलाई लिएर पनि विवाद छ । मोहम्मद युनुस छिमेकी म्यानमारको राखिन राज्यमा रहेका रोहिंग्या मुस्लिमहरूलाई सहयोग गर्न एउटा कोरिडोर निर्माण गर्न चाहन्छन्, जसमार्फत त्यहाँ खाना र औषधि पु¥याउन सकिन्छ ।
तर सेना प्रमुखले सुरक्षाको दृष्टिकोणबाट यसलाई अस्वीकार गरेका छन् र यसलाई ‘रक्तपातपूर्ण करिडोर’ भनेका छन् ।
सेना प्रमुखका अनुसार यो करिडोर बंगलादेशको सार्वभौमसत्ता र सुरक्षाको लागि खतरा हो । रोहिंग्या शरणार्थीहरू यस करिडोरबाट बंगलादेश प्रवेश गर्न सक्छन् ।
यो राखाइनमा सक्रिय अरकान सेनालाई हतियार र रसद आपूर्ति गर्ने मार्ग बन्न सक्छ । यसले तस्करी पनि बढाउनेछ ।
बंगलादेशी राजनीतिमा सेनाले जटिल भूमिका खेलेको उल्लेखनीय छ ।
सेनाले यो देशमा लामो समयदेखि शासन गर्दै आएको छ । शेख हसिनाको सरकारको कार्यकालमा सेना राजनीतिबाट टाढा रह्यो, तर उनलाई सत्ताबाट हटाउन सेना प्रमुखले महत्वपूर्ण भूमिका खेले ।
द वायरबाट
टिप्पणीहरू: