बिहिबार, ०४ वैशाख २०८२

राप्रपालाई बालेनकाे जवाफ- जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सरसफाइ गरेकोमा धन्यवाद


काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आजको कार्यक्रममा आफैँ सरसफाइ गरेकोमा धन्यवाद दिएका छन् । 

मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको खबरदारी सभाका क्रममा भएकाे फाेहाेर आफैँ सफा गरेपछि मेयर शाहले धन्यवाद दिएका हुन् । 

उनले कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबसेको भन्दै सार्वजनिक स्थानमा फोहोर नगरोस् भन्ने चाहना रहेकाे स्पष्ट पारे ।

सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राजेन्द्र लिङदेनले आजको कार्यक्रममा एउटा केही फोहोर नरहने भन्दै पत्र नकाट्न मेयर बालेनलाई चेतावनी दिएका थिए ।

लिङदेनकाे चेतावनीपछि जवाफ फर्काउँदै भनेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

राप्रपाले अघिल्लाे पटक गरेकाे प्रदर्शनका क्रममा फाेहाेर गरेकाे भन्दै महानगरले एक लाख जरिवाना तिराएकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ