बिहिबार, ०८ माघ २०८२

चुनावकाे तयारीका लागि बालेनले माघ ५ गते राजीनामा दिने


फाइल तस्बिर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले माघ ५ गते राजीनामा दिने भएका छन्।

प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिन मेयर शाह राजीनामा दिने तयारी गरेको उनकाे सचिवालयले जनाएकाे छ।

बालेन लेझापा-५ बाट आगामी निर्वाचन लड्ने तयारी गरेका छन्। उनले ५ गते राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी गरेकाे बताइएकाे छ।

झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। बालेन ओलीसँग उक्त क्षेत्रबाट चुनाव लड्नेगरी छलफलमा छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ