मङ्गलबार, १८ कात्तिक २०८२

मध्यरातमा लेखेर डिलेट गरेकाे स्टाटसकाे कारण बालेन विवादमा


काठमाडौँ । मध्यरातमा समाजिक सञ्जालमा लेखेर डिलेट गरेकाे स्टाटसका कारण काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन् । शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत एउटा स्टाटस लेखेका थिए, जसमा प्रयोग गरिएका शब्दलाई लिएर धेरैले बालेनकाे आलाेचना गरेका छन् ।

उक्त स्टाटसमा उनले दुई छिमेकी मुलुक चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नामसमेत उल्लेख गरेका थिए । पोस्ट सार्वजनिक भएको केही मिनेटमै सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो ।

 आधा घण्टापछि बालेनले उक्त स्टाटस हटाएका थिए । तर अहिले साेही स्टाटसकाे स्कृन सर्ट सामाजिक सञ्जालमा भाइरल भएकाे छ ।

छिमेकी मुलुकमाथी यस किसिमकाे टिप्पणी नसुहाउने धेरैकाे टिप्पणी छ । कतिपयले बालेनले बेहाेसीमा लेखेकाे भन्दै मजाक उडाएका पनि छन् । 

स्टाटस लेखेर विवाद भएपछि हटाउने उनकाे पुरानी बानी हाे । डेढ वर्ष अघि आफ्नी श्रीमतीलाई ट्राफिक प्रहरीले चेक जाँच गर्दा सिंहदरबार जलाईदिन्छु भनेर सामाजिक सञ्जालमा लेखेका थिए । व्यापक विवाद भएपछि एक दिनपछि उक्त पाेष्ट डिलेट गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ