सोमबार, २७ असोज २०८२

बालेनले राजु पाण्डेलाई गरेका थिए गृहमन्त्रीमा प्रस्ताव


काठमाडौं। जेनजी आन्दोलनकाे बलमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्की नेतृत्वकाे सरकारले तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री कार्कीलाई जेनजी आन्दोलनकारीका साथै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पनि समर्थन रहेको छ।

६ महिनाभित्र चुनाव गर्ने गरी अन्तरिम सरकारकाे प्रधानमन्त्री भएकी कार्कीले आफ्नो क्षेत्रमा काबिल बढीमा ११ जना मन्त्री बनाउने योजना बनाएकी छिन्। रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याल मन्त्री नियुक्त भइसकेका छन्।

खनाल र घिसिङ कार्कीकै रोजाइ हुन् भने अर्याल बालेनका रोजाइ हुन्। बालेनका कानुनी सल्लाहकारसमेत रहेका अर्याल बालेनकै सिफारिसमा गृहमन्त्री नियुक्त भएका हुन्।

अर्याल गृहमन्त्री नियुक्त त भए तर, उनी बालेनको पहिलो रोजाइ होइनन्। बालेनले गृहमन्त्रीका लागि महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई प्रस्ताव गरेका थिए। तर बालेनको प्रस्ताव प्रधान सेनापति अशोकराज सिग्देलले अस्वीकार गरेपछि अर्यालले अवसर पाएका हुन्।

राजु पाण्डेलाई गृहमन्त्री बनाउने प्रस्ताव प्रहरी, सेना कुनै पनि सुरक्षा निकायले मान्दैन प्रधान सेनापतिले खबर पठाएपछि बालेनले अर्याललाई अघि सारेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ