बिहिबार, ०२ असोज २०८२

बागमती प्रदेशका सभामुख पाठकले दिए पदबाट राजीनामा


काठमाडौँ। बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।

भदौ २४ गते सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन्।

गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनका क्रममा अस्वाभाविक बल प्रयोगबाट भएकाे मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै उनले २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए।

पाठकले राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावनाविपरित पदमा बसिरहनु सर्वथा उचित नलागेर राजीनामा घोषणा गरेकाे बताएका छन्।

‘गत भाद्र २३ गते जेन-जी को भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनको क्रममा अस्वाभाविक बल प्रयोगबाट राष्ट्रवादी नेपालीहरूले अनाहकमा सहादत प्राप्त गरे पछि म अत्यन्त भाववियोल भएँ । राष्ट्र रोएको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरित पदमा बसिरहनु सर्वथा अनुचित हुन्छ भन्ने अन्तर आत्मामा लाग्यो र भाद्र २४ गते नै सामाजिक संजालबाट राजिनामा गर्ने घोषणा गरें । तर प्राविधिक कारणले कानुनी प्रकृया पुरा गर्न अनुकूल भएन । आज नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम वागमती प्रदेश सभाको सभामुख पदवाट राजिनामा गरेको छु’, उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ