- असार ०७, २०८०
काठमाडौँ । सर्लाहीको बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।
न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
३ जेठ, २०८२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो ।
निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि थापा बुधबार अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
उनीविरुद्ध योसहित अन्य दुई मुद्दा विशेषमा विचाराधीन अवस्थामा छन् । थापाविरुद्ध जिल्ला अदालत सर्लाहीमा पनि वन मुद्दा दायर भएकोमा सोमबार जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
आफैंमाथी फिल्म
भ्रष्टाचार अभियोगमा मुद्दा खेपिरहेका शाहका सौख भने अनेक छन् । पछिल्लो पटक आफ्नै लगानीमा आफैंमाथी फिल्म बनाएका छन् ।
दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्ममा खगेन्द्र लामिछाने मेयर थापाको भुमिकामा छन् । उनले फिल्म मार्फत आफुलाई पौरखी देखाउन खोजेको उनी निकट स्रोतको भनाई छ । मेयर थापाले बागमती कृति ताल बनाएर तालको नाम ‘भरत ताल’ राखेका छन् । ताल बनाउने क्रममा निस्किएको गिटी, बालुवा विक्री गरेर करोडौं रुपैयाँ हिनामिना गरेको अभियोग लाग्ने गरेको छ ।
टिप्पणीहरू: