बुधबार, १८ चैत २०८२

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध निर्वाचित


काठमाडौँ। नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध निर्वाचित भएका छन्।

बुधबार केन्द्रीय कार्यालय च्यासलमा भएको संसदीय दलको नेताको निर्वाचनमा बादल निर्विरोध निर्वाचित भएका हुन्।

दलको नेतामा सुहाङ नेम्वाङले पनि दाबी गरेका थिए। तर, मनोनयन दर्ता गर्ने बेला उनले समर्थक र प्रस्तावक नपाएपछि उम्मेदवारी दर्ता गराउन सकेनन्। 

संसदीय दलको नेतामा निर्वाचन बादल एमालेका समानुपातिकतर्फका सांसद हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ