शुक्रबार, ०५ वैशाख २०८२

अध्यादेश फास्ट ट्र्याकबाट पारित गर्ने सरकारकाे निर्णय


काठमाडौं। सरकारले हालै ल्याएको अध्यादेश फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिले जारी गरेकाे अध्यादेश हिउँदे अधिवेशनमा फास्ट ट्रयाकबाट पारित गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

साथै बैठकले अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णय गरेको उनले बताए।

‘हिउँदे अधिवेशनमा नेपाल सरकारले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश संसदमा दर्ता गरिसकेका छौं,’ प्रवक्ता गुरुङले भने, त्यो अध्यादेश फास्ट ट्रयाकबाट हिउँदे अधिवेशनमा पारित गर्ने काम हुन्छ। त्यो अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने निर्णयहरु गरेका छौं।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ