- असार ०७, २०८०
काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देही पुगेका छन्।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनको मुद्दामा बयान दिन पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने मंगलबार रुपन्देही पुगेका हुन्।
उनी बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी रुपन्देहीकाे भैरहवा ओर्लिएका हुन्।
सुप्रिम सहकारी ठगीमा मुद्दा दायर भएपछि जिल्ला अदालतमा हाजिर हुन उनी रुपन्देही गएका हुन्। लामिछाने बुधबार आफैँ अदालत हाजिर हुनेछन्।
टिप्पणीहरू: