- असार ०६, २०८०
काठमाडौं । २१ फागुनमा चुनाव हुँदैन भन्ने विवादित ज्योतिष पक्राउ परेका छन् ।
ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ परेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।
उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्दै बोलेको प्रहरीले बताएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।
उनले विभिन्न युट्युव च्यालनमा फागुन २१ मा मुलुकमा अनिष्ट हुने भन्दै चुनाव हुन नसक्ने अभिव्यक्ति दिएका थिए ।
टिप्पणीहरू: