आइतबार, ०८ असार २०८२

जनमत पार्टीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडाैँ। जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

रायमाझीविरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी जारी भएको हाे। बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध जेठ १६ गते नै पक्राउ पुर्जी जारी भएकाे प्रहरीले जनाएकाे छ।

पर्साको पोखरियाकी आशाकुमारी चौहानले बैंकिङ कसुरमा सुमनविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएकी थिइन्। समानुपातिक सांसद रहेकी रायमाझी हाल फरार छिन्।

उनलाई पक्राउ गरी बुझाइदिन आग्रह जिल्ला प्रहरी कार्यालय पर्साले असार ३ गते बर्दिया प्रहरीलाई पत्राचार गरिसकेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ