शुक्रबार, ३० जेठ २०८२

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी


काठमाडौं। पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

नेपाल प्रहरीको साइबर ब्युरोको अनुरोधमा पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हाे।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै प्रहरीले जिल्ला अदालतबाट पक्राउ अनुमति मागेको थियो। साेही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हाे।

पाठकले आफ्नो युट्युब च्यानलमा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भनेर सामग्री प्रसारण गरेका थिए। त्यसबारे उनीविरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियाे।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ