सोमबार, ०८ पुस २०८१

अपडेट : नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन


चितवन, ३१ भदौ । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । 

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०ः४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 

००००

भरतपुर, ३१ भदौ  । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएपछि एकातर्फी यातायात सञ्चालन गरिएकाे हाे ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको छ ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले जानकारी दिए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ