आइतबार, २५ जेठ २०८२

पत्रकार सुरेश रजक जलेको घरमा भेटिएकी एनी कुँवर पक्राउ


काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्रीसमेत रहेकी एनी कुँवरलाई पक्राउ गरेको छ । 

यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धानका क्रममा कुँवरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कुँवरलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

उनले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो, बिना अनुमति कसैको घरमा पस्नु गलत हो । ”, 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ