- असार ०६, २०८०
काठमाडाैं । रास्वपा सांसद अमरेशकुमार सिंहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगकाे हैषियतकाे विषयमा प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै उनले अख्तियार संवैधानिक अंग हो कि प्रधानमन्त्री कार्यालयको शाखा हो, स्पष्ट गरिदिन आग्रह गरे । उनले अख्तियारले प्रधानमन्त्रीको समेत छानबिन गर्न सक्ने धारणाा राखे ।
उनले अख्तियार प्रमुखसहितलाई ७ घन्टा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको प्रसंगसमेत चर्चा गरेका थिए।
साथै उनले अख्तियारले पनि बिचौलिया पालेकाे आराेप लगाए। समिति बैठकमा अख्तियार प्रमुखसहित आयुक्तहरू पनि सहभागी छन्।
टिप्पणीहरू: