शुक्रबार, ०५ वैशाख २०८२

अमेरिकामा यात्रुवाहक विमान र सेनाको हेलिकप्टर आकाशमै ठोक्किए


काठमाडाैँ। अमेरिकाको वाशिङ्टन डीसीमा अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान सेनाको हेलिकप्टरसँग आकाशमै ठोक्किएको छ।

वाशिङ्टन डीसीस्थित रोनल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको विमान स्थानीय समयानुसार बेलुकी ९ बजेतिर सेनाको हेलिकप्टरसँग आकाशमा ठोक्किएको हाे।

हेलिकप्टरसँग ठोक्किएपछि उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको बीबीसीले जनाएकाे छ। चालकदलका चार र ६० जना यात्रु रहेका उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।

बीबीसीका अनुसार दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको 'ब्ल्याक हक' भएको र त्यसमा तीन सैनिक सवार रहेका थिए।

दुर्घटनामा कति जना हताहत भए भन्ने  जानकारी प्राप्त नभएकाे र विमान खसेको ठाउँमा खोजी र उद्धार थालिएकाे बताइएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ