- असार ०७, २०८०
अमेरिकी सरकारले १ हजार ३६५ जना नेपालीलाई निष्कासित गर्ने भएकाे छ।
अमेरिकाको अध्यागमन कार्यालयले निष्कासन गर्न लागिएका १ हजार ३६५ जना नेपालीकाे सूची सार्वजनिक गरेकाे हाे।
निष्कासनमा पर्ने नेपालसँगै विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अवैध आप्रवासीविरुद्ध कडा कदम चालेका हुन्। यससँगै विश्वका कयाैँ आप्रवासीहरु देश निकालाको सामना गरिरहेका छन्।
अमेरिकाबाट निष्कासनमा पर्नेमा सबैभन्दा धेरै होन्डुरसका २ लाख ६१ हजार ६५१ जना नागरिक रहेका छन्। यस्तै ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना नागरिक निष्कासित हुँदैछन्।
यस्ताे छ निष्कासन हुने आप्रवासीहरुकाे सूची:
टिप्पणीहरू: