- असार ०७, २०८०
काठमाडाैँ। बम विस्फोट गरी व्यक्ति हत्याको आरोपमा जन्मकैद सजाय पाएका कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमले सफाइ पाएका छन्।
उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्ला अदालत रौतहटको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो।
२०६४ चैत २७ गते रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए।
उनलाई व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियाे। उक्त फैसला उच्च अदालतको वीरगञ्ज इजलासले उल्टाएर आलमलाई सफाइ दिएको हो।
टिप्पणीहरू: