शनिबार, २० पुस २०८१

अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर उमेर पुगेकाले विद्यार्थी राजनीति गर्न नपाउने


काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । 

अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा नौ सय र खुला राख्ने पक्षमा आठ सय ७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार अब क्रान्तिकारीमा ३२ बर्ष उमेर हद लाग्ने भएको हो । यसकाे अर्थ ३२ वर्ष उमेर पुगेकाले विद्यार्थी राजनीति गर्न पाउने छैनन् ।

उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । प्रमुख निर्वाचन अधिकृत प्रधानका अनुसार, अब ३२ वर्षमुनिबाट नेतृत्व चयन गर्न अखिल क्रान्तिकारीमा आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम तय गरिएको छ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ