- मंसिर १०, २०८२
काठमाडौं । आम जनता पार्टी (आजपा)ले नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।
सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसायका साथ पटक–पटक पक्राउ गर्नुले विधिको शासन र लोकतन्त्रमाथिको प्रहार भएको निष्कर्ष आजपाको छ ।
प्रसाईलाई रातिको समयमा गरिएको गिरफ्तारीप्रति आजपाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सरकारले आफ्ना आलोचक र फरक धारलाई निरुत्साहित एवं निश्तेज गर्ने गलत मनसुबाका साथ पटक पटक गिरफ्तारी गर्ने र छोड्ने केटाकेटी खेल खेल्नु सरकारको मर्यादा एवं परिपक्वताको बर्खिलाप मात्र नभई विधिको शासन र लोकतन्त्रमाथिको पनि प्रहार हो,’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिशोधपुर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसंग माग गर्दैै आजपा भनेको छ, ‘मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि सिधा आघात पुग्ने गरी गरीएको प्रतिशोधपूर्ण गिरफ्तारीलाई तुरुन्त निश्प्रभावी बनाई बिना सर्त रिहा गर्न सरकारसँग माग गर्दछौं ।’
टिप्पणीहरू: