बिहिबार, १८ वैशाख २०८२

आन्दाेलित शिक्षक आजबाट विद्यालय फर्किने


काठमाडाैं । सरकारसँग नाैं बुँदे सहमति गरेपछि आन्दाेलित शिक्षक आजबाट विद्यालय फर्किने भएका छन् । आजैबाट आम हड्तालका सम्पूर्ण कार्यक्रम फिर्ता भएकाे छ ।

शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँग भएको नौबुँदे सहमतिसँगै आजकै मितिदेखि आमशैक्षिक हड्ताल फिर्ता लिएकाे जानकारी दिँदै विद्यालय भर्ना, परीक्षा सञ्चालनलगायत गतिविधि सुरू गर्न शिक्षक कर्मचारीलाई आग्रह गरे ।

 वार्तामा सहजीकरण गरिदिने विभिन्न राजनीतिक दलका नेता, मन्त्रीहरू, पत्रकार, विभिन्न पेसा व्यवसायका प्रतिनिधिलाई आभार प्रकट गरे ।  सडक सङ्घर्षमा खटिने सम्पूर्ण शिक्षक, कर्मचारीलाई धन्यवाद दिए । अध्यक्ष सुवेदीले तोकिएकै समयमा माग सम्बोधन नभएको पुनःसङ्घर्षमा जान बाध्य हुने बताए । 

याे पनि

यस्तो छ, सरकार र शिक्षक महासङ्घबीच भएको नौबुँदे सहमति


विद्यालय शिक्षा विधेयक शिक्षा जारी गराउने उद्देश्यले सडक सङ्घर्ष गरिएको भन्दै उनले यो ऐनलाई आगामी असार १५ गतेसम्म प्रतिनिधिसभाबाट पारित हुनेगरी समझदारी बनेको बताए । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रमुख दलका प्रमुख सचेतकहरूबीच हस्ताक्षर भएको जनाइएको छ । शिक्षक महासङ्घले विसं २०८१ चैत २० देखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्दै आएको थियो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ