सोमबार, ०८ वैशाख २०८२

माइजु भान्जा सँग पोइल हिँडेपछि...


भारतको मुजफ्फरनगरमा अर्को एउटा अनौठो प्रेमकहानीको घटना सार्वजनिक भएको छ । भारतीय मिडिया जनसत्ताले उल्लेख गरे अनुसार तीन बच्चाकी आमा नौ वर्ष कान्छा आफ्नै भान्जासँग पोइल गएकी छिन् ।

भान्जाको प्रेममा पागल भएकी माइजुले तीनदेखि नौ वर्षका तीन सन्तान र श्रीमानलाई छाडेर मात्रै गइनन् । फकाउन गएका श्रीमानलाई धम्कि दिँदै भनिन् ‘मलाई फर्काउने प्रयाश नगर्नु होला मारिदिन पनि सक्छु ।’ पूर्व श्रीमतीको त्यस किसिमको धम्कि आएपछि आफ्नो र सन्तानको सुरक्षा माग गर्दै महिलाका पूर्व श्रीमानले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । साथै उनले ४० हजार नगद र गरगहना चोरीको आरोप पनि लगाएका छन् ।

मिडियाले उल्लेख गरे अनुसार घटना जानसठ क्षेत्रको तिसंग गाउँको हो । जहाँ २६ वर्षका भान्जा र ३५ वर्षका माइजु प्रेम गरेर भागे । पीडीत श्रीमानका अनुसार १९ मार्चमा श्रीमान श्रीमती खेतमा काम गर्दै थिए । श्रीमती बिसन्चो भयो भन्दै घर हिँडेकी थिइन् । जब श्रीमान काम सकेर घरमा आए घरमा श्रीमती थिइनन् । उनले फोन गरे । फोनमा भनिन् ‘म भान्जासँग हिँडे मेरो बारेमा चिन्ता नगर्नु ।’ पछि प्रहरीले पनि महिलासँग सम्पर्क गरेको थियो । प्रहरीसँग पनि ति महिलाले श्रीमानसँग बस्न नसक्ने बताएकी छिन् ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ