- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन शाहसँग भेट गरेर सुझाव दिएका छन् ।
अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा छलफल भएको जानकारी दिँदै पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए।
उनले भने, ‘हामीले लिखित र मौखिक रूपमा पनि केही सुझाव दिएका छौँ। अहिलेको विपद्को अहिले उद्धारको लागि समग्र रूपमा सुझाव दिएका छौँ। सुरुङभित्र थुनिएका साथीहरूलाई कसरी उद्धार गर्ने विषयमै उहाँको जिज्ञासा थियो। त्यस सम्बन्धमा हामीले बुझेका र गर्नुपर्ने कुराहरू राखेका छौँ।’
सकेको जनशक्ति परिचालन गरेर उद्धारमा लाग्नुपर्ने सुझाव दिए। सुरुङको उद्धारको लागि स्पेसल प्रविधि नचाहिने पनि बताए।
उनले भने, ‘कुनै स्पेसल प्रविधि चाहिने होइन, साधारण उपकरण र दक्ष रेस्क्यु टिमबाटै काम गर्न सकिन्छ। मुख्य समस्या भनेको जेसीबी, स्काभेटर, ड्रिलिङ मेसिनजस्ता हेभी इक्विपमेन्ट घटनास्थलमा पुर्याउनु हो। त्यसका लागि आवश्यक हेलिकप्टरलगायतका साधन परिचालन गर्नुपर्ने हुन्छ।’
टिप्पणीहरू: