- असार ०६, २०८०
काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध खास लडाइँ सुरु हुने बताएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले थापालाई फिर्ता ल्याइदिन आग्रह गर्दै भोलिदेखि खास लडाइँ सुरु हुने बताए।
'कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ । कमल थापालाई यहीँ ल्याइदिनुस्,' उनले भने । त्यसाे नभएमा भाेलीदेखि देशभरीबाट साथीभाइलाई बोलाएर खास लडाइँ सुरु हुने चेतावनी दिए। अब हामी ५० ठाउँबाट निस्किन्छौँ। अहिले भरखर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।'
शाही शासनकालका गृहमन्त्री समेत रहेका थापालाई नारायणचाैरबाट प्रहरीले लछार पछार पार्दै भ्यानमा हालेकाे थियाे ।
टिप्पणीहरू: