शुक्रबार, ०५ मंसिर २०८२

माइतीघरमा जेनजी घाइते बसेपछि बबरमहलबाट सुरु भयाे ‘भोलेन्टियर फोर्स’काे शक्ति प्रदर्शन


काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारी गरेकाे छ । फोर्स घोषणाअघि एमालेनिकट युवाहरूले शक्ति प्रदर्शन गरेका छन् । 

माइतीघर मण्डलामा भेला हुने तयारी रहेपनि जेन-जी घाइतेहरू  धर्नामा बसेपछि एमाले कार्यकर्ता बबरमहलमा भेला भएका थिए । मधेश बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबेलगायतले र्‍यालीको नेतृत्व गरेका छन् ।

बबरमहलको कार्की व्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ