- भदौ ०३, २०८१
अछाम । अछाममा शुक्रवारदेखि बेपत्ता भएका दुई किशोरी मृत फेला परेका छन्।
जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी सरस्वती खड्का र ईश्वरी खड्काको शव ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।
बाख्रा हेर्न जङ्गल गएका दुई किशोरी घर नफर्किएपछि उनीहरूको खोजी सुरु भएको थियो । खोजीका क्रममा उनीहरूको शव फेला परेको हो । अलग-अलग स्थानमा किशोरीको शव फेला भन्दै डिएसपी भण्डारीले घटनाबारे प्रहरी अनुसन्धान भइरहेको जानकारी दिए ।
टिप्पणीहरू: