- भदौ ०३, २०८१
चितवन, ४ असोज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु निजी अस्पतालमा जान नपाउने बताएका छन् । शुक्रबार चितवनमा पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री पौडेलले सरकारी अस्पतालमा काम गर्ने समयमा चिकित्सकहरु अस्पतालमै हुनु पर्ने धारणा राखे ।
मन्त्रालयले केही दिनअघि जारी गरेको निर्देशिका अस्पताल र विभागमा कार्यान्वयनको चरणमा रहेको उनले जानकारी दिनुभयो । निर्देशिका कार्यान्वयन भइरहेकाले कतिपय समस्या देखिएको र ती समस्या छिट्टै समाधान हुने उनको भनाई थियो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गरी व्यवस्थित गर्न सरकार अघि बढेको मन्त्री पौडेलको भनाइ छ ।
स्वास्थ्य क्षेत्रको प्रगति हिजोको आजै नदेखिने भन्दै उनले क्रमिक सुधारको बाटोमा लैजाने प्रतिबद्धता जनाए । ‘स्वास्थ्य सेवा प्रभावकारी, बीमालाई व्यवस्थित, औषधिको मूल्य समायोजन लगायतका थुप्रै काम सुरु गरेका छौँ, ती कार्यान्वयन हुँदै जान्छन् ।’
मन्त्री पौडेलले स्वास्थ्य बीमालाई पाँच लाख रुपैयाँ बनाउने मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएर कार्यान्वयनमा जाने तयारीमा रहेको जानकारी दिँदै भने । ‘अब पाँच लाखको बीमा कार्यान्वयन हुन्छ ।’
टिप्पणीहरू: