- असार ०६, २०८०
काठमाडौं, १ असोज । दिल्लीको मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन् । आम आदमी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेपछि उनी मुख्यमन्त्री बन्ने भएकी हुन् । गोपाल रायका अनुसार विधान सभाले सर्वसम्मतीमा नयाँ मुख्यमन्त्रीका लागि दलका नेता चुनिएको हो ।
मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् । त्यसपछि आतिशी मुख्यमन्त्री बन्नेछिन् ।
को हुन् आतिशी ?
आतिशी शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी छिन् । दिल्लीको शिक्षा व्यवस्थाका लागि पूर्वमन्त्री मनीष सिसोदियासंग मिलेर उनले केही उल्लेखनीय काम गरेकी छिन् र उनीहरुको प्रयाशपछि नै दिल्लीमा शिक्षा क्षेत्रमा केही परिवर्तन आएको छ ।
दिल्लीको स्प्रिगडेल स्कुलबाट स्कुलको पढाई पुरा गरेकी आतिशी इतिहासकी विद्यार्थी हुन् । उनले सेन्ट स्टीफन कलेजबाट कलेजको पढाई सुरु गरेकी थिइन् । अक्सफोर्ड युनिभर्सिटीकी स्कलर रहेकी आतिशीले सन २०१३ मा आम आद्मी पार्टीमा जोडिएकी थिइन् । सन २०१५ मा दिल्ली सरकारका उपमुख्यमन्त्री एवं शिक्षामन्त्री मनिष सिसोदियाको सल्लाहकारको रुपमा काम गरेकी थिइन् ।
टिप्पणीहरू: