शनिबार, २४ जेठ २०८२

चट्याङ लागेर जुम्लामा एक महिलाको मृत्यु


सांकेतिक तस्बिर

जुम्ला। चट्याङ लागेर यहाँ एक महिलाको मृत्यु भएको छ।

आज दिउँसो ४ बजेतिर चट्याङ लागेर यहाँको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीले जानकारी दिए।

मृतक शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा खोज्न गएका थिए। पाटनमा यार्सागुम्बा खोज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ प्रहरी पठाइएको प्रहरीले जनाएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ