बिहिबार, ०१ साउन २०८२

जनतालाई खानेपानी दिन नसक्ने प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने हक छैन् : प्रभु साह


काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिले दिएको हावापानीको वितरणमा पनि विभेद गरेको बताएका छन् । 

काठमाडौंको सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंग कुराकानी गर्दै साहले आफै विदेशबाट मिनिरल वाटर मगाएर पिउँने गरेका प्रधानमन्त्री ओलीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी आपराध गरेको टिप्पणी गरे । 

‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिर वाटर मगाएर पिउँने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी आपराध गर्दैहुनुहुन्छ,’ आजपा अध्यक्ष साहले भने, ‘प्रधानमन्त्रीजीले आफु जनताले तिरेको करबाट बिदेसी पानी पिउँनुहुन्छ । तर सर्वसधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोज्नुभएको हो ? के जनतालाई खानेपानी दिन न सक्ने प्रधानमन्त्री ओलीलाई कुर्सीमा बस्ने हक छ ?’ 

अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको, चापाकलबाट पानी आउँन छोडेको बताउदै उनले यथासिघ्र खानेपानीको व्यवस्था गर्नुपर्ने बताए । साथै काठमाडौंको सुकुम्बासी बस्तीमा सरकारले खानेपानी नदिएपछि आन्दोलन गरिरहेका आम सुकुम्बासी तथा अव्यवस्थित बसोबास संघको माग यथासिघ्र सम्बोधन गर्नुपर्ने उनले बताए । 

सुकुम्बासी संघले खानेपानीको माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी दिनहुँ धर्ना दिदै आएका छन् । सुुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरुको जायज माग समेत सम्बोधन नगरेर प्रधानमन्त्री आफू नागै रहेको प्रमाण दिएको टिप्पणी उनले गरे । 

‘काठमाडौंको बिभिन्न सुकुम्बासी बस्तीमा खानेपानी सरकारले रोकेको छ । २१औँ शताब्दीमा खानेपानी रोकेर सरकारले मानवता विरोध आपराध गरिरहेको छ । ’ आजपा अध्यक्ष साहले भने, ‘उता तराई मधेसमा पानीको हाहाकार छ तर सरकार यहाँ छ भन्ने अनुभुति सर्वसधारणले गर्न पाएनन् । खानेपानी मन्त्रीलाई मतदान गर्ने पर्साका मतदाताले पानी मागिरहेका छन् । तर प्रधानमन्त्रीदेखी लिएर खानेपानी मन्त्रीलाई समेत कुनै चासो र चिन्ता छैन् ।’ 

यस्तै, आजपा अध्यक्ष साहले एउटै घटनामा जोडिएका निवर्तमान सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको राजीनामा गराएर सोही मुद्धामा संलग्न रहेका सहकारी मन्त्री बलराम अधिकारीलाई संरक्षण गरिरहेको उनले बताए । ‘प्रधानमन्त्रीले एउटै घटनामा जोडिएका एक मन्त्रीलाई राजीनामा गराउँनुभयो, तर अर्को मन्त्रीलाई संरक्षण गर्नुभइरहेको छ । कारवाहीमा पनि विभेदन किन ?’ उनले प्रश्न गरे ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ