शुक्रबार, २२ साउन २०८३

मृग जाेगाउन खाेज्दा पेट्राेल बाेकेका ट्याङ्कर पल्टियाे


जनकपुरधाम । मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर रौतहटको गुजरा नगरपालिका–३ धनसारमा आगलागी भएको छ । 

आज बिहान पेट्रोल बोकेको उक्त ट्याङ्कर बाराको अमलेखगञ्जबाट पेट्रोल बोकेर सर्लाहीतर्फ आउँदा  सडकमा मृगलाई जोगाउने क्रममा पल्टिँदा आगलागी भएको रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाबाट आएको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । 

घटनास्थलमा मानवीय क्षति भएको छैन् । ट्याङ्कर चालक नियन्त्रणमा छन् ।  
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ