बुधबार, १७ भदौ २०८३

सिङ्गो नेपालको छातीमा बज्रपात परेकाे छ : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपछि रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको धारणा राखे।

उनले घाइतेहरुकाे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आफ्नो मान्छे अझै फेला नपरेर बाटो हेरिरहनु भएका नागरिकहरूको पीडामा गहिरो महसुस गरेको बताए।

 यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन भन्दै सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात भएकाे बताए।'तर यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन। मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन।’ उनले भने ।

सङ्कटको घडीमा देशको नेतृत्वले आँसु नभई जनतालाई हिम्मत, आड, भरोसा दिनुपर्ने यथार्थलाई स्वीकार गरेको बताए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ