बिहिबार, २८ फागुन २०८२

पाँच महिनामा आठ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियाे


काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को पाँच महिनामा आठ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आवको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो । 

राष्ट्र बैंकका अनुसार मंसिरमा एक खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आवको सोही महिनामा एक खर्ब १८ अर्ब ७९ करोड भित्रिएकाे थियो । 

यसअवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेकाे छ।  यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिनेको संख्या एक लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ६३ हजार ९२४ छ । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ